कैलालीको धनगढीमा अल्का अस्पतालले हेल्थक्याम्प संचालन गरी निशुल्क सेवा प्रदान गरेको छ।
काठमाडौं डाइबिटिज एण्ड थाइराइड सेन्टरसँगको सहयोगमा धनगढीस्थित नबोबुद्ध अस्पतालमा एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको अस्पतालले जनाएको छ।
मधुमेह, थाइराइड र तथाहर्मोन रोग सम्बन्धी वरिष्ठ इन्डोक्राइनोलोजिष्ट डाक्टर अशुंमाली जोशीले शिविरमा ३९३ जना विरामीहरुको निशुल्क स्वास्थ्य परीक्षण गरेकी थिइन्।
शिविरमा विरामीहरुलाई निशुल्क औषधि वितरण तथा मधुमेहसम्बन्धी परीक्षणहरु गरिएको अध्यक्ष कुमार थापाले जानकारी दिए।
सुदुरपश्चिममा दक्ष चिकित्सकहरुको अभाव रहेको र आफ्नो क्षेत्रमा उपचारका लागि धनगढी जेसिज र नव बुद्ध अस्पतालले आग्रह गरेपछि अल्काको टिम धनगढी पुगेर क्याम्प संचालन गरेको हो।