विगत तीन सातामा प्रतितोला दुई हजारले सुनको मूल्य बढेको छ। गत असार २७ गते प्रतितोला ५२ हजार ८ सय रुपैयाँ रहेको सुन आज मंगलबार ५४ हजार ८ सय रुपैयाँ पुगेको छ।
अघिल्लो दिन ५४ हजार ७ सयमा कारोबार भएको फाइन सुन आज १ सय रुपैयाँले महँगिएको हो।
त्यस्तै चाँदी पनि तीन सातामा प्रतितोला ४० रुपैयाँ महँगिएको छ। असार २७ गते तोलामा ७०५ रहेको चाँदी आज ७४५ मा कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा भने यो ५ रुपैयाँ बढी हो।