नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको मूल्य घटेको छ।
गत आइतबारदेखि घटेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।
सोमबार प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९६ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ९८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।
सोमबार प्रतितोला दुई हजार तीन सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला दुई हजार तीन सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।