सोमबार सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला एक लाख ९३ हजार तीन सय रूपैयाँमा काराेबार भएको छ।
यो आइतबारको तुलनामा प्रतितोला चार सय रूपैयाँले बढी हो।
आइतबार बजारमा सुन प्रतितोला एक लाख ९२ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले बढेको छ। आइतबार प्रतितोला २२ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार २३ सय १५ रूपैयाँ पुगेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।