बुधबार पनि सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ।
यसअघि हिजो २ सय रुपैयाँले घटेर प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ५७ हजार ६ सय कायम भएको छ। यो फाइन गुणस्तरको मूल्य हो। स्टान्डर्ड गुणस्तरको मूल्य ५७ हजार ३ सय रुपैयाँ कायम भएको छ।
गत सोमबार सुनको मूल्य ५८ हजार पुगेको थियो। त्यस्तै चाँदीको मूल्य भने उस्तै छ। हिजो ७४० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज पनि उही मूल्यमा चाँदीको कारोबार भएको छ।