शुक्रबार सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ। यस अघि बिहिबार सुनको मुल्य ७ सय रुपैयाँले घटेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मुल्य प्रतितोला ५६ हजार ६ सयमा कारोबार भएको थियो ।
आज सुनको मुल्यमा २ सय रुपैयाँले बढेर प्रतितोला ५६ हजार ८ सय रुपैयाँ कायम भएको हो।
चाँदीको मुल्यमा भने कुनै पनि घटबढ भएको छैन।
अघिल्लो दिन ७ सय ३५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मुल्य आज पनि सोहि कायम भएको छ ।