बिहीबार पनि सुनको मुल्य ओरालो लाग्ने क्रम जारी रह्यो।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ। यसअघि बुधबार ७ सय रुपैयाँले सुनको मूल्य घटेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५६ हजार ६ सय रुपैयाँ कायम भएको छ।
सुनको मुल्यसँगै चाँदीको पनि घट्ने क्रम जारी छ। अघिल्लो दिन पाँच रुपैयाँले घटेको चाँदी आज १० रुपैयाँले घटेर आज प्रतितोला ७ सय ३५ रुपैयाँ कायम भएको छ।