बुधवार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएकोे सुनको मुल्य आज प्रतितोला ५७ हजार १ सय रुपैयाँमा कायम भएको छ।
यो फाइन गुणस्तरको अर्थात ९९.९ प्रतिशत शुद्ध सुनको मूल्य हो। ९९.५ प्रतिशत शुद्ध अर्थात स्टान्डर्ड सुनको मूल्य प्रतितोला ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ।
सुनको मूल्यसँगै चाँदी पनि घटेको छ। अघिल्लो दिन ७ सय ५० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य आज ७ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।