बीस दिनमा सुन प्रतितोला १८ सय रुपैयाँले महँगिएको छ।
मंसिर १७ गते प्रतितोला ५४ हजार १ सय रुपैयाँ रहेकोमा आज पुस २७ गते यो मूल्य ५५ हजार ९ सय रुपैयाँ पुगेको छ। यो फाइन गुणस्तरको मूल्य हो।
९९. ९ प्रतिशत शुद्ध सुनलाई फाइन गुणस्तर र ९९.५ प्रतिशत शुद्ध सुनलाई स्टान्डर्ड सुन भन्ने गरिन्छ। स्टान्डर्ड सुनको मूल्य फाइनकोभन्दा ३ सय रुपैयाँ कम पर्दछ।
सुनको मूल्य अघिल्लो दिनको तुलनामा भने स्थिर हो। चाँदीको मूल्य बीस दिनमा ३५ रुपैयाँले बढेको छ। मंसिर २७ गते प्रतितोला ७१५ रुपैयाँ रहेको चाँदी आज ७५० कायम भएको छ। अघिल्लो दिन पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो।