सरकारले ललितपुरको खुमलटारमा सूचना प्रविधि ज्ञानपार्क स्थापना गर्ने कार्यलाई अघि बढाइने बताएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन्।
साथै डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जनसहित कार्यान्वयनमा लगिने बताएका छन्। डिजिटल साक्षरता बढाई नागरिक एपको प्रयोग र पहुँच विस्तार गरिने पनि बताइएको छ।
यसबाहेक उनले उच्च क्षमताको अप्टिकल फाइबरमार्फत इन्टरनेट ब्रोडब्यान्ड सेवा सबै स्थानीय तहका केन्द्र, सार्वजनिक विद्यालय एवम् क्याम्पस र स्वास्थ्य संस्थामा पुर्याइने बताए।
मुलुकभर द्रुत गतिमा इन्टरनेटको पहुँच पुर्याउन फोरजी सेवाको विस्तार गरिने बजेटमा उल्लेख छ।