सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र सञ्चालनमा ल्याउने बताएको छ।
संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा.प्रकाशशरण महतले साइबर सुरक्षाजन्य जोखिमलाई न्यूनीकरण गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्र सञ्चालनमा ल्याउने बताएका हुन्।