सिजी नेटले ग्राहक सम्पर्कको लागि प्रयोग गर्दै आएको मोबाइल नम्बर परिवर्तन गरेको छ।
कम्पनीले ग्राहक सेवाका लागि प्रयोग गर्दै आएको नम्बर स्मार्ट टेलिकमको रहेको र उक्त कम्पनीबाट नै सेवा अवरुद्ध भएपछि नम्बर परिवर्तन गरेको हो।
कम्पनीले एक सूचना जारी गर्दै नयाँ नम्बर सार्वजनिक गरेको छ।
ग्राहक सेवाको लागि कम्पनीले नयाँ नम्बर ०१-५९७०११३ र ०१-५९७०११४ सार्वजनिक गरेको हो भने नेपाल टेलिकम प्रयोगकर्ताले टोलफ्री नम्बर १६६००११००१३ मार्फत सिजी नेटसँग सम्पर्क गर्न सक्ने जनाएको छ।
यसभन्दा अघि सिजी नेटले ९८८०५८८८८८ नम्बरमार्फत ग्राहकहरूलाई सेवा पुर्याइरहेको थियो।