एनसेलका ग्राहकले अब आफ्नो आवश्यकता अनुसार सेवाको प्लान आफैं बनाई अझै सुलभ दरमा सेवाहरू प्रयोग गर्न सक्ने भएका छन्।
एनसेल आजियाटाले बिहीबार आकर्षक एनसेल माइ प्लान सञ्चालनमा ल्याएको छ।
यस विषेश प्लान अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुसार आफ्नो प्लान अर्थात बन्डल प्याक आफैं बनाएर सेवा लिन सक्छन्।
ग्राहक आफैंले आफ्नो प्याक बनाउने सक्ने यो नेपालमा सञ्चालनमा आएको यस्तो प्रकारको पहिलो सुविधा रहेको कम्पनीले बताएको छ।
इन्टरप्राइज ग्राहकका लागि लक्षित एनसेल फर बिजनेश सेवा अन्तर्गतको यो प्लान ग्राहकले एनसेल एपबाट सजिलै बनाउन सक्छन्।
माइ प्लानमा माइ प्लान ५०० र माइ प्लान फ्लेक्सी गरी दुई वटा विकल्पहरू रहेका छन्। ग्राहकले अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा भोलुम आफैंले तय गरेर आफ्नो प्याक बनाउन सक्छन्।
कपोर्रेट तथा पोस्टपेड ग्राहकले यस प्लानलाई ३० दिनको समय चक्रमा सुरू गर्न सक्छन्। माइ प्लान ५०० को कर सहित ५०० रुपैयाँ पर्दछ र यसमा ग्राहकले ५०० रुपैयाँ बराबरको अन नेट, अफ नेट भ्वाइस, एसएमएस सेवा र डेटा भोलुमको बण्डल प्याक आफैं बनाउन सक्छन्।
त्यस्तै, फ्लेक्सी प्लान अन्तर्गत ग्राहकले ५०० रुपैयाँ भन्दा बढी मूल्यको अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा सेवाको भोलुम निर्धारण गरी ३० दिनका लागि आफ्नो प्लान बनाउन सक्ने कम्पनीको भनाइ छ।
यसका साथै प्लानमा पाइने सेवाहरू बाहेक, माइ प्लान लिने ग्राहकले २ हजार ५०० मिनेट अन नेट टक टाइम र एक हजार वटा अन नेट एसएमएस सेवा निःशुल्क प्राप्त गर्नेछन्।
यसरी प्राप्त हुने अन नेट भ्वाइस र एसएमएस सेवा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिन्छ।
माइ प्लान फ्लेक्सीमा ग्राहकले जति धेरै सेवाको भोलुम राखी प्याकमा बनाउँछन् त्यसै अनुरुप प्लानको मूल्य तय हुन्छ र सेवाहरू पनि तुलनात्मक रूपमा अझै सुलभ बन्छ।
यस प्लानमा ग्राहकले अधिकतम २०० जिबी डेटा, २ हजार ५०० मिनेट अन नेट, अफ टक टाइम र २ हजार ५०० एसएमएसको बण्डल प्याक बनाउन सक्छन्।
एनसेल एपमा ग्राहकले स्क्रिनको माथि दायाँ मेनु बारमा गई त्यहाँ प्रोफाइलमा थिचेर माइ प्लानमा खोली आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुरूपको आफ्नो प्याक बनाउन सक्छन्।
यो प्याक ३० दिनको समय चक्रमा सञ्चालन हुने हुँदा आउट गोइङ सेवामा अवरोध नआओस् भन्नका लागि ३० लिन अगावै आफ्नो शुल्क तिर्नुपर्छ।
३० दिनको समय अघि नै माइ प्लानका सेवाहरूको प्रगोय गरी सकिएको अवस्थामा ग्राहकले पेएजयुगोअन्तर्गत विद्यमान शुल्कमा एनसेलको भ्वाइस, डेटा तथा एसएमएस सेवा लिन सक्छन्।