सामाजिक सञ्जाल ट्विटरमा प्रयोगकर्ताले अब बोलेर पनि डिएम (डाइरेक्ट म्यासेज) पठाउन सक्ने भएका छन्।
ट्विटरमा १४० सेकेन्डसम्मको आवाज रेकर्ड गरेर पठाउन सकिने सुविधा थपिएको हो।
बोलेर डिएम पठाउने सुविधा एन्ड्रोइड र आइओएस एपमा मात्र हुनेछ भने सुन्ने सुविधा भने जुनसुकै डिभाइसमा हुनेछ।
योसँगै ट्विटरले पुराना डिएममा पनि रिप्लाई गर्न सक्ने व्यवस्था गरेको छ। यसअघि पहिलाको कुनै डिएमलाई सोझै रिप्लाई दिने व्यवस्था थिएन। पहिलाको विषयमा रिप्लाई गर्दा पनि सबैभन्दा नयाँ म्यासेजको पछि देखिने गर्थ्यो।
योसँगै ट्विटरले भेरिफाइड प्रयोगकर्ताका लागि ट्विटरमै २ घन्टा लामो भिडिओ राख्न सक्ने सुविधा दिएको छ।
ट्विटर मालिक एलन मस्कले ट्विट गर्दै ८ जिबीसम्मको भिडिओ अपलोड गर्न मिल्ने जानकारी दिएका छन्।