सामसङले ए–सिरिजमा एक नयाँ फोनको संस्करण थप गरेको छ।
सामसङले बजारमा ग्यालेक्सी ए२४ एलटिइ सार्वजनिक गरेको हो।
यो नयाँ ग्यालेक्सी ए२४ एलटिइ ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्लेका साथ निर्माण भएको छ।
यस मोबाइलले १२८ जिबी र २३६ जिबीको आन्तरिक स्टोरेज क्षमतायुक्त ६ जिबी वा ८ जिबी र्यामका साथ काम गर्छ। साथै यसमा भएको माइक्रो एसडी कार्डमार्फत १ टिबीसम्मको बाह्य मेमोरीलाई सपोर्ट गर्छ।
पृष्ठभागमा ५० एमपीको प्राइमरी क्यामरा जडित यस फोनमा ५ एमपी अल्ट्रावाइड र २ एमपी म्याक्रो लेन्सहरूले सपोर्ट गरेका छन्।
यसमा १३ एमपी सेल्फी क्यामरा लेन्स र फोनमा जडित ओआइएसले फोटो क्याप्चर गर्न उपयुक्त सेटअप तयार पार्ने कम्पनीले बताएको छ।
साथै, फोनमा छिटो चार्ज हुने टाइप सिको तारहरू सहित शक्तिशाली ५ हजार एमएएच ब्याट्री पनि जडान गरिएको छ।
६+१२८ जिबिको ग्यालेक्सी ए२४ को मूल्य २८ हजार ९९९ रुपैयाँ र ८ +१२८ जिबिको मूल्य ३१ हजार ९९९ रुपैयाँ कायम गरिएको छ।