काठमाडौं महानगरपालिकाको सेवाग्राहीलाई डिजिटल सुविधा दिने उद्देश्यले नयाँ एप्स लन्च गरेको छ।
सेवाप्रवाहलाइ होम डेलिभरी गर्ने नीति अनुरूप सेवाप्रवाह सुधारका लागि एकिकृत डिजिटल शुसासन प्रणाली केएमसी एप लन्च गरेको महानगरका मेयर बालेन शाहले जानकारी दिए।
उनका अनुसार एप्समार्फत् वडवासीहरूले वडामा नगई ३० भन्दा बढि डिजिटल सिफारिसहरू घरबाटै लिन सक्नेछन्।
सानो काम पर्दा पनि वडामै धाउन पर्ने प्रणालीको अन्त्य गर्ने उद्देश्यले काठमाडौं महानगरले डिजिटल सुशासन एप्स ‘काठमाडौं मेट्रोपोलिटन’ लन्च गरेको महानगरपालिकाका सूचना प्रविधि विभाग प्रमुख नवराज ढकालले जानकारी दिए।
‘अब वडाबासीहरूले सिफारिस लिन वडामा धाउन पर्दैन,’ उनले भने, ‘यो एप्समार्फत् सेवाग्राहीलाई जुन सिफारिस चाहिएको हो, उहाँहरूले त्यसको लागि आफैंले निवेदन दिन सक्नुहुनेछ।’
एप्समा फारम भर्दा जुन सिफारिसका लागि निवेदन भरिएको हो, त्यसका लागि आवश्यक सबै कागजपत्र अपलोड गर्नुपर्छ। त्यसपछि उक्त निवेदन वडाध्यक्ष र वडा सचिवको पुगी उनीहरूले भेरिफाइ गरी चेकजाँच गर्नेछन्।
यदि कुनै कागजपत्र नपुगेको खण्डमा अपुग कागजात हाल्न नोटिफिकेसन आउने उनले बताए।
यस्तै, आफूले निवेदन दिएपछि उक्त कागजात निवेदन के कस्तो भइरहेको छ भनेर पनि उनीहरूले एप्सबाटै थाहा पाउन सक्नेछन्। कागजजात सबै मिलेपछि लाग्ने शुल्क तिर्न भनिने र तिरेपछि निवेदकको सिफारिस पाउने उनले बताए।
यसरी काम गर्दा कागजात नमिलेको र कागजातकै कारण वडामा धाउन पर्ने काम कम हुने उनी बताउँछन्।
महानगरले हाललाई ई-सिफारिसको सुविधा ३२ वटा वडामा सुरू गरेको जनाएको छ। मंसिर २९ गते महानगरले २८ औं महानगर दिवसको अवसरमा उक्त एप लन्च गरेको थियो।
सूचना अधिकारी ढकालका अनुसार सबै सिफारिस डिजिटल सिक्नेचरसहित प्रदान गरिने छ। तर भौतिक रूपमा नै उपस्थित नभई नहुने सिफारिसहरूमा भने यो लागू नहुने उनी बताउँछन्।
‘सबै सिफारिस दिन भने मिल्दैन,’ उनले भने, ‘जुन सिफारिसका लागि भौतिक रूपमा उपस्थित हुन आवश्यकता छैन त्यस्ता मात्र दिइनेछ। जस्तै विवाह दर्ताको लागि उपस्थित हुनैपर्ने हुन्छ। त्यस्ता व्यक्ति स्वयं उपस्थिति हुनुपर्नेमा भने लागू हुँदैन।’
तर पेस गरेको कुनै कागजातप्रति शंका लाग्दा भने निवेदकलाई बोलाइने उनले बताए।
नागरिकलाई सहजै डिजिटल सुविधा दिने उद्देश्यले स्मार्ट पालिका अन्तरगत ई-सिफारिस प्रणाली ल्याइएको स्मार्ट पालिकाका सिइओ मनोज भट्टराईले जानकारी दिए।
यस्ता सुविधा पाइन्छ एप्समा
✓ ३० भन्दा बढी प्रकारका सिफारिसहरू,
✓ अनलाइन राजस्व,
✓ नगर प्रमुखसँग भेटघाटका लागि अपोइन्टमेन्ट,
✓ च्याटबोट,
✓ महानगरको बारेमा विभिन्न सूचना तथा समाचार,
✓ विभागगत कार्यविवरण सहितको डिजिटल नागरिक वडापत्र,
✓ हेल्लो मेयर,
✓ जनगुनासो,
✓ स्मार्ट कर,
✓ प्रकाशित राजपत्रहरू,
✓ पर्यटकीय स्थलहरू,
✓ आकस्मिक सेवाहरु जस्तै रगत, एम्बुलेन्स, दमकल तथा प्राकृतिक प्रकोप
✓ सार्वजनिक शौचालयहरू
✓ नागरिकता सम्बन्धी सिफारिस ,
✓ घरबाटो सिफारिस, कित्ताकाट सिफारिस,
✓ जग्गा मूल्यांकन सिफारिस,
✓ घरधनी प्रमाणपुर्जाको प्रतिलिपी,
✓ घर कायम सिफारिस,
✓ सम्पत्ति कर चुक्ता सिफारिस,
✓ अस्थायी बसोबास सिफारिस,
✓ स्थायी बसोबास सिफारिस,
✓ विद्युत जडान सिफारिस,
✓ धारा जडान सिफारिस,
✓ आन्तरिक बसाइसराइ सिफारिस,
✓ कोठा खाली गर्ने सिफारिस,
✓ जन्म मिति प्रमाणित,
✓ अविवाहित प्रमाणित,
✓ नामथर फरक सिफारिस, बैंक खाता बन्द गर्ने सिफारिस,
✓ अदालत शुल्क मिनाहा सिफारिस,
✓ बैंक खाता बन्द गर्ने सिफारिस,
✓ व्यवसाय बन्द सिफारिस,
✓ संस्था दर्ता सिफारिस, छात्रवृत्ति सिफारिस,
✓ अपांगता सिफारिस, विद्यालय कक्षा वृद्धी सिफारिस,
✓ विपन्न नागरिक औषधि उपचार सिफारिस
यो पनिः
के हो महानगरले ल्याएको 'काठमाडौं मेट्रोपोलिटन'?