स्मार्टफोन ब्राण्ड सामसङले ग्यालेक्सी एम १४ ५ जी बजारमा नेपाली बजारमा ल्याएको छ।
उक्त स्मार्टफोनमा ५० एमपिको ३ वटा क्यामरा, छ हजार एमएएच ब्याट्री, ५ एनएम प्रोसेसरको साथ अन्य धेरै विषेशताहरू भएको कम्पनीले बताएको छ।
'ग्यालेक्सी एम सिरिजले सदैव हाम्रा ग्राहकहरूको माया प्राप्त गर्दै आएकोे छ। यही विरासत कायम राख्दै ग्यालेक्सी एम १४ ५जी मोडल प्रस्तुत गर्न पाउँदा हामीलाई गर्व महसुस भएको छ।' सामसङ नेपाल मोबाइल बिजनेसका डाइरेक्टर प्रणय रत्न स्थापितले भने।
यसमा एफ १.८ लेन्स रहेको छ जसले कम प्रकाशमा पनि उच्च गुणस्तरका साथ फोटो खिच्न सकिन्छ। यस्तै, यसमा सेल्फी खिच्नका लागि १३ एमपिको फ्रन्ट क्यामरा जडित छ।
यसमा भएको विशाल ६ हजार एमएएच ब्याट्रीले 'पावर मोन्स्टर' बनाएको छ। जुन बिना चार्ज २ दिनसम्म लगातार चल्छ। यस स्मार्टफोनले २५ वाटको तीव्र चार्जिङलाई पनि सपोर्ट गर्ने भएकोले फोन छिट्टै चार्ज हुन्छ।
याे फोन 'पर्फरमेन्स मोन्स्टर' पनि हो, जसमा अग्रणी ५ एनएम एक्जिनस १३३० प्रोसेसर जडित छ।
यो चिपसेटले प्रयोगकर्ताहरूलाई बहु कार्यहरू गर्न मद्दत गर्दै उत्कृष्ट पर्फरमेन्स प्रदान गर्छ। यसमा भएको र्याम प्लस् विशेषताले १२ जिबिसम्म र्यामको क्षमता बढाउन सकिन्छ।
यो फोनमा ५जी नेटवोर्क पनि सहजताको साथ प्रयोग गर्न सकिने भएकोले ग्राहकले देश बाहिर जाँदा पनि ५जी कनेक्टिभिटीको आनन्द उठाउन सक्नेछन्।
यो स्मार्ट फोन तीन वटा आकर्षक रङहरू सिल्भर, बेरी ब्लू र स्मोकी टेलमा उपलब्ध छ।
६ प्लस १२८ जिबियुक्त ग्यालेक्सी एम १४ ५जी २४ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको बताइएको छ।