ग्यालेक्सी२३ अल्ट्राको लागि ग्राहकहरूबाट अत्यधिक माग भएसँगै ग्यालेक्सी २३ सिरिजको प्रि–अर्डरको रेकर्ड तोडिएको छ।
सामसङले आफ्नो उत्पादनकै सबैभन्दा अब्बल मानिएको ग्यालेक्सी एस२३ स्मार्टफोनहरुलाई यसको प्रि–अर्डरको चापलाई मध्यनजर राख्दै बजारमा उपलब्ध गराएको छ।
ग्यालेक्सी एस२३ सिरिजको प्रि–अर्डर आफैमा एक ठूलो सफलता भएको कम्पनीको भनाइ छ।
गत वर्ष ग्यालेक्सी एस२२ सिरिजकोे भन्दा बढी प्रि–अर्डर आएको र त्यसमा पनि ८५ प्रतिशतभन्दा बढी अत्यधिक प्रिमियम ग्यालेक्सी एस२३ अल्ट्राको प्रि–अर्डर भएको छ।
पछिल्लो समय प्रिमियम उत्पादनहरूको माग अझ बढ्दै गइरहेको देखिन्छ। ग्राहकहरु सामान छनोट गर्दा अझै धेरै सतर्क हुन थालेका छन् र लामो समयसम्म टिक्ने, भविश्यको लागि पनि तयार भएको सामानहरु नै रोज्न थालेका छन्।
उच्च माग र सकारात्मक उपभोक्ता प्रतिक्रियाको कारण प्रिअर्डरहरू अपेक्षा गरिएको भन्दा पहिले नै समाप्त गर्नु परेको थियो।
सामसङका निर्देशक प्रणय रत्न स्थापितले भने 'हामी हाम्रा ग्राहकहरु प्रति यो अविश्वसनीय प्रतिक्रियाको लागि अत्यन्त आभारी छौं। यो प्रि–अर्डरको परिणामले हामीले नवीनतम प्रविधिको आविष्कार र सस्टेनिबिलिटिमा देखाएको प्रतिबद्धता र हाम्रो ब्राण्ड प्रति ग्राहकहरूले देखाउनु भएको बलियो विश्वास झल्किएको छ।'
नयाँ २०० एमपी एडप्टिभ पिक्सेल सेन्सर र प्रतिष्ठित एम्बेडेड एस पेन सहितको ग्यालेक्सी एस२३ अल्ट्राद्वारा नेतृत्व गरिएको ग्यालेक्सी एस२३ सिरिज अन्तर्गत ग्यालेक्सी एस२३ प्लस र ग्यालेक्सी एस२३ पनि रहेका छन्।
जसले सामसङको अल्टिमेट प्रिमियम फोन अनुभूतीको नयाँ युगको प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ।
ग्यालेक्सी एस२३ सिरिजमा एपिक क्यामराहरु जडित छन्, जसले प्रयोगकर्ताहरुलाई उनीहरुको सिर्जनशीलता अभिव्यक्त गर्नका लागि अझ बढी स्वतन्त्रता प्रदान गर्छ।
यस्तै यसमा भएको ग्यालेक्सीको निम्ति स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफम द्वारा विश्वकै सबैभन्दा तीव्र गतिको मोबाइल ग्राफिक्स छ र यसको आकर्षक डिजाइन जो अन्य कुनै सामसङ ग्यालेक्सी स्मार्टफोनको तुलनामा पुनः प्रशोधित पदार्थहरुको अत्यधिक प्रयोगका साथ कम्पनीको दिगो प्रतिबद्धतालाई दर्शाउने गरी गरिएको छ ।
ग्यालेक्सी २३ सिरिजले सामसङ मेसेज गार्डमार्फत मोबाइल सुरक्षालाई अर्को स्तरमा पुर्याएको कमपनीको भनाइ छ।