इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स प्रविधियुक्त वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ।
मेसिनमा भएको आर्टिफिसिएल इन्टेलिजेन्सले लुगाधुने बानीलाई आफ्नो मेमोरिमा राख्ने र पछि त्यस्तै खालको कपडा धुँदा सोही अनुरुप काम गर्न सक्ने कम्पनीले बताएको छ।
एआइ प्रविधियुक्त फुल–अटोमेटिक फ्रन्टलोड वासिङ मेसिनमा इको बब्बल प्रविधिको समेत संयोजन गरिएको छ। जसले कपडालाई ४५ प्रतिशत थप सुरक्षा दिन्छ।
गुणस्तरीय धुलाईको लागि यो नयाँ मोडेलमा हाइजिन स्टिम प्रविधिको प्रयोग गरिएको बताइएको छ।
यस प्रविधिले ९९९९ प्रतिशत ब्याक्टेरिया तथा एलर्जी हटाउन सहयोग गर्छ। यी नयाँ मोडेलका वासिङ मेसिनलाई एपको माध्यमबाट कनेक्ट गर्न सकिन्छ।
सामसङले कस्टोमाइज गरिएको आर्टिफिसिएल इन्टेलिजेन्सयुक्त लुगा धुने मेसिन विभिन्न तीन भेरियन्टहरुमा उपलब्ध छन्। ग्राहकले आफू अनुकूल कस्टमाइज लन्ड्री प्रोसेस तय गर्न सक्ने कम्पनीले बताएको छ।
नयाँ सामसङ वासिङ मेसिन नयाँ डिजाइनको साथ जग डायल कन्ट्रोलयुक्त युजर फ्रेन्ड्ली स्लीक डिजिटल इन्टरफेसको साथ उपलब्ध रहेको छ।
लन्ड्रीको अनुभवलाई अझै प्रभावशाली एवं सहज बनाउन यसमा लन्ड्री प्लानर जस्तो सुविधा राखिएको छ। यसले लुगाको रंग, प्रकार तथा ग्राहकले निर्धारण गरेको डिग्रीअफ सोइलिङ्गको आधारमा लन्ड्री रेसिपि अनुसार लुगाधुने समय स्वतः निर्धारण गर्दछ।
‘पूर्ण स्वचालित फ्रन्टलोड वासिङ्ग मेसिनहरुको सेगमेन्टमा यो वर्ष हामी नम्बर १ हुने विश्वास लिएका छौं,’ सामसङ नेपालका डेपुटी जनरल म्यानेजर आलोक कुमार गुप्ताले भने।
एक लाख नौ हजार नौ सय नब्बे रुपैयाँ देखि उपलब्ध मेसिनहरु ८/६ केजी र १२/८केजी को वासर ड्रायरको साथै १२ केजी वासर टाइप भेरियन्टहरुमा उपलब्ध छन्। साथै नेपारभर रहेका हिम इलेक्ट्रोनिक्स अन्तरगत सामसङ स्मार्ट प्लाजामार्फत् १५ प्रतिशतसम्मको क्यासब्याक तथा सहज किस्तावन्दीमा किन्न सकिने कम्पनीले बताएको छ।