सामसङले आफ्ना रेफ्रिजेरेटरका प्रविधि अपग्रेड गरिरहेको हुन्छ। यही क्रममा पछिल्लो समय कम्पनीले 'कर्ड मेइस्ट्रो' रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ।
दुई संस्करणमा उपलब्ध यो रेफ्रिजेरेटरलाई यसका फिचर्सका कारण प्रतिस्पर्धी ब्रान्डभन्दा अलग बनाउने सामसङ नेपालका कन्जुमर इलेक्ट्रोनिक्स हेड आलोक गुप्ताले जानकारी दिए।
'सामसङले सर्वप्रथम ग्राहकका आवश्यकतालाई ध्यान दिन्छ। कर्ड मेइस्ट्रो त्यसैको एउटा उदाहरण हो,' उनले भने।
प्रतिस्पर्धी ब्रान्डमा नभएको यसको प्रमुख विशेषता भनेको यसबाट ६ घन्टामै सजिलै दही बनाउन सकिन्छ। मनतातो दूधलाई रेफ्रिजेरेटरमै जडान गरिएको दही बनाउने बकेटमा जोर्डन राखेर डिस्प्लेमा भएको कर्ड बटन थिचेपछि ६ घन्टामै पातलो दही र करिब ७ घन्टामा बाक्लो दही बन्ने गुप्ताको भनाइ छ।
यो दही बकेटमा दही तीन दिनसम्म स्टोर गरेर राख्न सकिने पनि उनले बताए।
दुइटा ढोका भएको यो रेफ्रिजेरेटरको 'टप भेरिएन्ट'मा स्मार्ट कन्भर्टेभल फाइभ इन वान ट्विन कुलिङ सिस्टम छ।
यो भनेको,
नर्मल मोडमा- माथि फ्रिजर तल फ्रिज चलाउन मिल्ने।
एक्ट्रा फ्रिज मोडमा- दुवैलाई फ्रिजमा बदल्न मिल्ने।
सिजनल मोडमा- माथिको फ्रिजर बन्द गरेर तलको फ्रिज मात्र चलाउन मिल्ने।
भ्याकेसन मोडमा- तलको फ्रिज बन्द गरेर माथिको फ्रिजर मात्र चलाउन मिल्ने।
होम अलोन मोडमा- तलको फ्रिज बन्द गरेर माथिको फ्रिजरलाई फ्रिजमा बदल्न मिल्ने।
रेफ्रिजेरेटरलाई आवश्यकता अनुसार विभिन्न पाँच वटा विकल्पमा लैजान मिल्ने भएकाले विद्युत खपत कम हुने गुप्ताले जानकारी दिए।
कर्ड मेइस्ट्रोको 'बेस भेरिएन्ट' मा भने यो फाइभ इन वान सुविधा छैन। यो कन्भर्टेभल मोडलमा ट्विन कुलिङ प्लस सिस्टम छ जसले यसको फ्रिज र फ्रिजरमा छुट्टाछुट्टै एयरफ्लो गर्छ। यसले फ्रिज र फ्रिजरबीच खानेकुरा झिक्ने र राख्ने गर्दा उत्पन्न हुनसक्ने गन्ध नरहने गुप्ताले जानकारी दिए।
त्यस्तै यसले निकै कम विद्युत खपत गर्ने भएकाले इन्भर्टरको शक्तिले पनि चल्ने उनको भनाइ छ। यसमा बरफ बनाउन आइस-ट्रे छ जसलाई आवश्यकता अनुसार हटाउन मिल्छ।
एक्ट्रा मोइस्चर चाहिने सामानका लागि फ्रेस रूम पनि भएकाले यसमा खानेकुरा छिटो बिग्रिँदैन।
'कर्ड मेइस्ट्रोले एक सय देखि ३ सय भोल्टेजसम्म धान्न सक्ने भएकाले स्टेवलाइजर बिनै पावर कन्ट्रोल गर्न सक्छ,' गुप्ताले भने।
यो रेफ्रिजेरेटरमा रहेको एलइडी लाइटले अँध्यारोमा राम्रो प्रकाश दिन्छ भने ह्याण्डल तेर्सो गरी राखिएकाले अरूभन्दा स्टाइलिस देखिन्छ।
कुनै चिज छिटो चिसो बनाउन यसमा पावर कुल्ड र पावर फ्रिज मोड छ। यो मोडमा नर्मल मोडभन्दा ३१ प्रतिशत छिटो चिसो बनाउन सकिने कम्पनीले जनाएको छ।
यसलाई सजिलै सञ्चालन गर्न र भित्र के भइरहेको छ भन्ने गतिविधि थाहा पाउन ढोकामा डिजिटल डिस्प्ले पनि दिइएको छ।
कर्ड मइस्ट्रोको टप भेरिएन्ट ३१४ लिटर क्षमताको छ भने बेस भेरिएन्ट २४४ लिटरको छ।
कम्पनीले टप भेरिएन्टको मूल्य ७८ हजार ९ सय ९९ रूपैयाँ र बेस भेरिएन्टको ६३ हजार ९ सय ९९ रूपैयाँ तोकेको छ। कम्पनीले दुवै रेफ्रिजेरेटरमा एक वर्षको फूल-वारेन्टी र कम्प्रेसरमा दस वर्षको वारेन्टी दिएको छ।