मासुबाट धेरै प्रकारका परिकार बनाउन सकिन्छ। तरिका पुर्याएर बनायौं भने एकै प्रकारको परिकार खाएर दिक्क हुनु पर्दैन।
हामी तपाईंलाई खसीको मासु र स्याउको सलाद बनाउन सिकाउँदैछौं।
यो रेसिपी हामीले कस्मोपोलिटियन सेफ कुमार चालिसेको सहयोगमा सिकाएका हौं।
तयार गर्ने अवधिः ३५ मिनेट
पकाउने अवधिः १० मिनेट
सम्पूर्ण तयारी सकिन लाग्ने अवधिः ४५ मिनेट
आवश्यक सामग्री
- तीन चम्चा एप्पल (स्याउको) जेली
- एक चम्चा ताजा थाइम (मसिनो गरी काटिएको)। थाइम एक मसला जडिबुटी हो, जुन नर्सरी वा मार्टहरूमा पाउन सकिन्छ।
- टुक्रा पारे काटेको खसीको मासु, ३ पिस (करिब ४-५ केजी वा आवश्यकताअनुसार)
- माथिबाट दल्न जैतुनको तेल (एक्स्ट्रा भर्जिन ओलिभ) १-२ कप
- सानो रातो प्याज एक-दुई वटा (डाइस आकारमा राम्ररी काटिएको)
- ३ चम्चा तोरी दाना
- १-२ कप एप्पल साइडर भिनेगर
- २ बोट बोस्टोन वा बिब लेट्टुस (सलादमा प्रयोग गरिने साग)
- एउटा स्याउ, डाइस आकारमा मसिनो टुक्रा गरी काटिएको
- मसिनो गरी ताछेर डाइस आकारमा काटिएको एउटा गान्टे मुला
- ३ वा ४ कप ब्लू चिज, स–साना टुक्रा बनाएर माडिएको
- माथिबाट छर्नका लागि मसिनो गरी काटिएको ताजा पार्स्ले (धनियाँ जस्तै एक मसला जडिबुटी)
- कोसर नुन (यो हामीले प्रयोग गर्दै आएको नुनभन्दा अलग हुन्छ, जुन मार्टहरूमा किन्न सकिन्छ)
- मरिचको ताजा धूलो (स्वाद अनुसार मात्रा लिन सकिने)
पकाउने विधि
१. सर्वप्रथम सम्पूर्ण पूर्वतयारी गरिसक्ने।
२. त्यसपछि सबै सामग्री र उपकरण तयार पार्ने।
३. ग्रीललाई उच्च तापमा हिट गर्ने।
४. २ टेबल चम्चा एप्पल जेलीलाई थाइमसँग मिसाउने।
५. खसीको मासुलाई नुन र मरिच छर्केर गरेर दुवैतिर ब्रसले ओलिभ ओइल दल्ने।
६. मासुको टुक्रालाई दुवैतिर ग्रीलको डाम बस्ने गरी ३३ मिनेटसम्म ग्रील गर्ने।
७. अघिको जेलीथाइम मिश्रण मासुमा ब्रसले दलेर अझ २ मिनेट जति ग्रील गर्ने र सेलाउन दिने।
८. डाइस आकारमा काटेको प्याजलाई १० मिनेट जति चिसो पानीमा भिजाउने। पछि निकालेर ओभानो बनाउने।
९. अर्कोतिर तोरी, भिनेगर र बाँकी रहेको १ चम्चा एप्पल जेलीलाई एउटा बटुकोमा मज्जाले फिट्ने र नुनमरिच छर्किने।
१०. त्यसमा बिस्तारै आधा कप ओलिभ ओइल थपेर बाक्लो हुनेगरी फिट्ने।
११. पाकेको मासुलाई खान मिल्ने टुक्रा पार्ने र त्यसमा लेट्टुस, काटिएको स्याउ, गान्टे मुला, प्याज र ब्लू चिज हालेर राम्ररी चलाउने।
१२. त्यसपछि प्लेटमा राखी माथिबाट पार्स्ले छर्केर यो सलाद खान सकिन्छ।
यी पनि हेर्नुस्ः
खसीको मासुबाट यसरी बनाउन सकिन्छ युरोपको चर्चित परिकार
कुखुराको मासुको स्वादिलो परिकार खान मन छ? यसरी बनाउनुहोस् चिकेन क्रिस्पी
यसरी सजिलै पकाउन सकिन्छ स्वादिलो चिकेन अफ्रिटाडा
मटन बिरयानी बनाउने हो? यस्तो छ तरिका