खाना पकाउने ग्यासको फलामे खाली सिलिण्डरको डिपोजिट रकम २ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ।
ग्यास उद्योगीहरूले खरिद गरेको मूल्य भन्दा अत्यन्त कम बढी धरौटी रकम भएकाले सिलिण्डरको धरौटी रकम निर्धारण गरिएको व्यवसायीहरुले बताएका छन्।
यसअघि ठूला र चल्तीका ग्यास उद्योगहरुले २ हजार बढी लिने गरेका थिए भने साना तथा थोरै उपभोक्ता भएका उद्योगले २हजार भन्दा न्यून रकम लिंदै आएका थिए।
सरकारी स्वामित्वकै साल्ट ट्रेडिले वितरण गर्ने एसटिसीको सिलिन्डरको डिपोजिट रकम २३ सय रुपैयाँ थियो। त्यस्तै नेपाल ग्यास,एभरेष्ट ग्यासले पनि २ हजार बढी रकम लिंदै आएका थिए।
शुक्रबारबाट लागू हुने गरि बागमती प्रदेश अन्तर्गतका ग्यास उद्योगहरूले उपभोक्ताका लागि धरौटी रकम प्रति सिलिण्डर २१ सय रूपैयाँ कायम गरिएको छ।
उपभोक्ताले सिलिण्डर खरिद गर्दा अनिवार्य रूपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता मार्फत् लिन संघले आग्रह गरेको छ।
नयाँ धरौटी रकम निर्धारण भएसँगै केही ठूला सिमित ग्यास उद्योगका सिलिन्डर लिनेलाई सस्तो पर्ने छ भने नयाँ तथा सना उद्योगको सिलिन्डरको डिपोजिट रकम महंगो पर्न जाने छ।