एलजीका घरायसी सामग्रीका बारेमा सबै जानकारी वेबसाइटबाटै पाइने भएको छ। नेपालका लागि आधिकारी बितरक सिजीले एलजी नेपालको वेबसाइट सार्वजनिक गरेसँगै यस्तो सुविधा पाइने भएको हो।
एलजीका सामग्रीको मूल्य, विशेषता, वारेण्टी र कम्पनीले दिने छुटको बारेमा जानकारी कम्पनीले जानकारी दिएको छ।
एलजीको कुनै पनि नयाँ उत्पादन आएमा त्यसका विशेषताहरुको विवरण वेबसाईटबाट प्राप्त गर्न सकिन्छ। यसका उत्पादनहरुमा आएको समस्या र त्यसको मर्मत तथा वारेन्टी दाबीका साथै अन्य सेवाहरु यस वेबसाईट बाट दर्ता र प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।
अब ग्राहकहरुलाई उत्पादन हेर्न तथा उत्पादनको विशेषता बुझ्न भौतिक पसलमा जान आवश्यक नपर्ने भएको छ।
आफूलाई चाहिने एल.जी.का उत्पादनहरु बुक पनि गर्न सकिन्छ।
यस वेबसाईटले एल.जी. का सबै उत्पादनहरु जस्तै एल.ई.डि टि.भी, रेफ्रिजेरेटर, वासिङ मेसिन, ए.सी, एयर प्युरिफायर, भ्याकुम क्लिनर, माइक्रोवेभ वोभन, कन्डेन्सर ड्रायरहरु को बारेमा सबै जानकारी दिन्छ।
उपभोक्ताहरुले आफ्नो नजिकैको एल.जी. को शोरुम पनि यस वेबसाईटमा रहेको स्टोर लोकेटर मार्फत सजिलै पत्ता लगाउन र सम्पर्क गर्न सक्ने कम्पनीले बताएको छ। यसले एल.जी.का ग्राहकलाई अझ धेरै सुविधा प्राप्त हुनेमा कम्पनिको विश्वास रहेको छ।