एल.जी.इन्स्टाभ्यु डोर इन डोर रेफ्रिजेरेटरको विश्वव्यापि विक्री १० लाख इकाई पुगेको छ।
यो ठूलो क्षमताको रेफ्रिजेरेटर लगभग १५० वटा देश र ६ महाद्विपमा विक्री भईरहेको एल.जी. इलेक्ट्रोनिक्सले जानकारी दियो।
औसात ७ सय इकाई प्रतिदिन विक्री हुने हुँदा यस रेफ्रिजेरेटरले यहि महिना १० लाख विक्री हुने माईलस्टोन बनायो।
एल.जी. इलेक्ट्रोनिक्सको प्रिमियम इन्स्टाभ्यु डोर इन डोर रेफ्रिजेरेटर एक उन्नत पाक जिवनशैली वितरण गर्नको लागि डिजाईन गरिएको कम्पनीको भनाइ छ।
यो विश्वको सबैभन्दा प्रतिष्ठित डिजाईन पुरस्कारहरु जस्तै रेड डट डिजाईन पुरस्कार र आइएफ डिजाईन अवार्डबाट सम्मानित भएको छ।
एल.जी.इन्स्टाभ्यु डोर इन डोर रेफ्रिजेरेटरको नाम फ्रिजको ढोकाबाट देखिन्छ। कम्पनीकाअनुसार यसले प्रयोगकर्ताहरुलाई ढोका नखोली भित्र के छ हेर्न मिल्छ। साथै चिसो हावा बाहिर निस्कन दिदैन।