सरकारले आर्थिक ऐनबाट भन्सार महसुल बढाएपछि रेफ्रीजेरेटरको मूल्य बढेको छ।
आर्थिक ऐनबाट यसअघि १५ प्रतिशत लाग्दै आएको महसुल २० प्रतिशत पुर्याइदिएपछि आयातकर्ताहरुले मूल्य बढाएका छन्।
अर्थमन्त्री डा युवाराज खतिवडाले घरायासी प्रयोगमा आउने रेफ्रीजेरेटरको भन्सार महसुल ५ प्रतिशत बढाइदिएका थिए। रेफ्रीजेरेटरमा भन्सार महसुलसँगै १३ प्रतिशत मूल्य अभिबृद्धि कर लाग्दै आएको छ।
पाँच प्रतिशत कर बढेपछि कम्तिमा सोहीअनुसार मूल्य बढाएर आयातकर्ताहरुले नयाँ मूल्यसूची प्रकाशित गरिरहेका छन्।