भारतमा खाना पकाउने ग्यासको मूल्य घटेको छ। भारतका इन्धन मार्केटिङ कम्पनीहरुले ग्याँसको मूल्य घटाएका हुन्।
भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सिलिन्डरमा १६२ भारु घटेको छ।
भारतमा प्रत्येक महिनाको पहिलोदिन ग्याँसको मूल्यमा हेरफेर हुने गरेको छ। आजसहित लगातार तीन महिना भारतमा ग्याँसको मूल्य घटेको हो।
भारतको राजधानी नयाँ दिल्लीमा अनुदान बिनाको ग्यास प्रति सिलिन्डर ७४४ भारुबाट घटेर ५८१ भएको छ। त्यस्तै मुम्बइमा ७१४ बाट घटेर ५७९ भारु भएको छ।
त्यस्तै कलकत्तामा १९० भारु घटेर ५८४ कायम भएको छ।