सिजी इलेक्ट्रोनिक्सले आर थर्टीटु रेफ्रिजेरेन्ट भएको एसी नेपाली बजारमा भित्र्याएको छ।
आर थर्टीटु ग्याँसले एलजी इन्भटर एयर कन्डिसनको प्रणाली दक्षता वृद्धि गर्छ। जसले कम उर्जा खपत हुन्छ र एयर कन्डिसनलाई अधिक टिकाउ बनाउँछ।
उक्त ग्याँसले गर्मी बोक्छ र कम वातावरणीय प्रभाव पार्छ।
यसमा रहेको ब्ल्याक ओसियन प्रोटेक्सन टेक्नोलोजीले खियालगायतको समस्याहरुलाई समाधान गर्छ।
डुवल कम्प्रेसर भएको यस एसीले ७० प्रतिशतसम्म विजुली बचत गर्छ।
साथै सक्रिय चार–चरण उर्जा नियन्त्रण गर्छ। जसले मान्छेको संख्या र कोठामा क्रियाकलापकोस्तरका आधारमा एयर कन्डिस्नरले उत्पादन गर्ने शितलताको समायोजन गर्छ।
एजीका एयर कन्डिस्नरमा १० वर्षको वारेन्टि पनि रहेको छ। एलजीको एसि प्रयोग गर्दा वार्षिक ३२ हजारसम्मको बचत पनि गर्न सकिने कम्पनीले बताएको छ।
एलजीको आधिकारी विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स प्राली रहेको छ।