शनिबार प्राय सबैको फुर्सदिलो दिन हो। घुम्ने, साथिभाई , आफन्त भेट्ने, घरसफा गर्ने, लुगा धुने सबै काम त्यही दिननै गर्नुपर्ने हुन्छ।
राजधानीमा भएको अस्तव्यस्त सडकका कारण विहान लगाएर निस्किएको कपडा बेलुकै धुन पर्ने हुन्छ। दिन–दिनै कपडा धुने फुर्सद पनि हुँदैन यस्तो समयमा हामी बजारमा आएका विद्युतीय उपकरण प्रयोग गर्न सक्छौँ।
बढार्ने, खाना पकाउने, पानी तताउने, लुगाधुने सबै घरायसी काममा सहजता दिन आजभोलि विद्युतीय उपकरण आएका छन्।
त्यसमध्ये यहाँ लुगा धुने मेसिन ‘वासिङ मेसिन’ को बारेमा चर्चा गरिएको छ।
व्यस्त जीवन, एक्लैले धेरै काम गर्नुपर्ने बाध्यताले गर्दा पछिल्लो समय वासिङ मेसिनको प्रयोग बढ्दै गएको छ।
साँझ वा बिहानको थोरै समयमै एउटा उपकरणको प्रयोगबाट धेरै कपडा धुन सकिने भएकाले ‘वासिङ मेसिन’को माग बढ्दै गएको छ।
बजारमा विभिन्न कम्पनीका वासिङ मेसिन पाइन्छ। त्यसमध्ये सिजी पनि एक हो।
यसको बजारमा ६ देखि ८ केजीसम्म क्षमता भएका वासिङ मेसिन पाइन्छ। त्यसमा १२ देखि २१ प्रतिशतसम्म छुट दिएको कम्पनीले बताएकाे छ।
यस क्षमताको मेसिन घरायसी प्रयोजनमा नै खपत हुने व्यापारी बताउँछन्।
वासिङ मेसिनको क्षमता र तिनको मूल्यः
मोडल | क्षमता (केजी) | मूल्य (छुट सहितको मूल्य) |
एफ ७०३१ बी | ७ | ५३ हजार ८ सय ९० |
टी ६०२१ | ६ | ३० हजार १ सय ५२ |
टी ८०२१ | ८ | ३३ हजार ४ सय ३२ |
एफ ७०२१ डब्लु | ७ | ५२ हजार ७ सय ९० |
एफ ६०११ | ६ | ४३ हजार ४ सय ९० |
एस ८इ०१ | ८ | २० हजार ७ सय १२ |
बजारमा विभिन्न ब्राण्डका वासिङ मेसिन उपलब्ध हुने गर्दछ। खासगरी सीजी, एलजी, भिडीयोकन, वर्लपुल कम्पनीका उत्पादन अन्यभन्दा बढी प्रयोगमा छन्।