दसैंमा खसीको मासु खाने प्रचलन रहे पनि कतिपयलाई मन पर्दैन। खसीको मासु मन नपर्ने खान नहुनेको रोजाइमा माछा वा कुखुराको मासु पर्न सक्छ।
घरमा कुखुराको मासु ल्याए पनि विभिन्न परिकार बनाएर खानको लागि भने सीपको जरुरत पर्छ। कुखुराको मासु मन पराउनेहरुका लागि ‘क्रिस्पी चिकेन’ स्वादिलो परिकार बन्न सक्छ।
मुख्य सामाग्री:
४ चम्चा तेल
४ चम्चा गहुँको पिठो
२० मिली दूध
१ सय १५ ग्राम पाकेको कुखुराको मासु
५५ ग्राम ह्वाइट ब्रेड (सेतो पाउरोटी)
काटेको हरियो धनियाँ केही मात्रा
अब सबै सामग्री तयार भएपछि ‘प्यान’मा तेल राखेर मन्द आगोमा तताउनुहोस्। तेल तातेपछि केही मात्रामा पिठो राखेर राम्रोसँग चलाउनुहोस्। एक मिनेटसम्म पकाएपछि प्यान निकालेर दुध मिसाइ फेरि चलाउनुहोस्।
उक्त मिश्रणलाई राम्रोसँग चलाउँदै मन्द आगोमा पकाएर निकालेपछि त्यसमा पाकेको चिकेन राखेर राम्रोसँग मोल्नुपर्छ। यसपछि नुन, धनियाँ र मरिचको धुलो राख्नुहोस् र चिसो हुन दिनुहोस्। चिकेन क्रिस्पी तयार भयो।
एउटा भाडामा अण्डा राख्नुहोस्, तर यो फुटाएको अण्डा राम्रोसँग हल्लाउनुहोस्। यसमा अब ह्वाइट ब्रेड राख्नुहोस् र सबैतिर अण्डा लागिसकेपछि प्यानमा तेल राखेर पकाउनुहोस्। यसलाई ५ देखि १० मिनेटसम्म पकाउनु पर्छ।
यसरी तयार भएको ब्रेडलाई चिकेन क्रिस्पीसँग मिसाएर खाँदा झनै स्वादिष्ट हुनसक्छ।
(सन् १९९३ बाट होटल क्षेत्रमा प्रवेश गरी अन्तर्राष्ट्रिय होटलहरुमा कुकको अनुभव संगालेका बिक्रम श्रेष्ठको सहयोगमा)