इलेक्ट्रोनिक वस्तु उत्पादन गर्ने कम्पनी एलजी टिभीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले नयाँ फोके टिभी सर्वाजनिक गरेको छ । कम्पनीले उच्च प्रविधिका तीन मोडका टिभी सार्वजनिक गरेको हो ।
एलजीले ओलेड मोडको सी ९ सिरिज, नानोसेल मोडलको एसएम८१ सिरिज र युएचडी मोडलको युएम७३/७६ सिरिजका टिभी सार्वजनिक गरेको हो । टिभीमा एआई (आटिफिसियल इन्टेलिजेन्स) प्रयोग गरिएको कम्पनीको बताएको छ । यी टेलिभिजनको मूल्य आठ लाखसम्म पर्ने कम्पनीले जानकारी दिएको छ ।
६९ इन्चको टिभीमा साउन्ड क्वालिटी, पिक्चर क्वालिटी र पछिल्लो अत्याधुनिक फिचरहरु समाबेस गरिएको छ ।
४.३३ मिमि मोटाइ भएको उक्त टिभीमा ‘एलजी एआइ थिनक्यु’ प्रविधि छ जसले गुगल एसिस्टेन्ट र अमेजोन एलेक्साको सुविधा दिने छ ।