के एल डुगर ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट एपलायन्सेस्ले ‘स्काइवर्थ ग्राण्ड ७६’ स्किम ल्याएको छ ।
नयाँ वर्षको अवसरमा स्काईवर्थले ‘नयाँ वर्ष दमदार बनाऔँ, स्काईवर्थ डिस्काउन्टको लाभ उठाऔँ’ नारा सहित योजना सार्वजनिक गरेको छ।
कम्पनीले स्काईवर्थ टिभीका एआई टिभी, एन्ड्रोईड टिभी, एन्ड्रोईड स्मार्ट टिभी र एलईडी टिभीमा ३० प्रतिशत सम्मको छुट दिने भएको छ।
स्काईवर्थका टिभी २४ इन्चदेखि ६५ इन्चसम्मको स्क्रीनमा उपलब्ध छन्।
स्मार्ट एपलायन्सेस्ले गुगल एन्ड्रोईड टिभीको नविनतम एन्ड्रोईड ओरियो ८.१ सिस्टम प्रदान गर्ने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार टिभीमा उत्कृष्ट विशेषता भएको गुगल एसिस्टेन्ट र क्रोमकास्ट छ जसले प्रयोगकर्ताको आवाजलाई स्मार्ट एन्ड्रोईड रिमोटको माध्यमबाट नियन्त्रण गर्नुका साथै एन्ड्रोईड स्मार्टफोनलाई टिभीसँग सिङ्गक्रोनाइज गर्छ ।
टिभीमा भएको इन–बियुल्ट प्ले स्टोर एपले टिभीमै आफ्नो रोजाइका एप डाउनलोड गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ।स्काईवर्थ टेलिभिजन सेगमेन्टको विश्वमै उत्कृष्ट ब्राण्ड रहेको कम्पनीको दाबी छ।
स्काईवर्थले नेपाली बजारमा उत्कृष्ट घरेलु उपकरणहरु उपलब्ध गराउँदै आइरहेको छ । स्काईवर्थको हरेक टिभी खरिद गर्दा २ वर्षसम्मको वारेन्टी रहेको कम्पनीको भनाइ छ।