ईलेक्ट्रोनिक सामान उत्पादक कम्पनी बाल्ट्राले विभिन्न रेञ्जका बाल्ट्रा स्मार्ट फोके यूएचडी टेलिभिजन नेपाली बजारमा लन्च गरेको छ।
टिभी ५५ र ५० इन्चमा उपलब्ध छन्।कम्पनीका अनुसार टिभीमा फोके यूएचडी सिनेमा डिस्प्ले, अल्ट्रा स्ल्मि बडी, वाईड स्क्रिन, हाई रिजोलुसन, हाई क्लारिटी, मिरा स्क्रिन, एचडीएमआई आदि प्रविधि छन्।
बाल्ट्राले ४० इन्चका विभिन्न एफएचडी स्मार्ट टिभी नेपालमा बिक्री–वितरण गर्दै आएको छ।
आफ्नो उत्पादन नवीनतम प्रविधियुक्त र बजेट सुहाउँदो रहेको कम्पनीको भनाइ छ। नेपाली बजारमा प्रश्तुत गरिएका यी टिभीमा उत्कृष्ट क्वालिटी रहेको कम्पनीको दाबी छ। टिभीमा २ वर्षको वारेण्टी रहेको छ ।
बाल्ट्राले १० वर्षदेखि नेपाली बजारमा आफ्ना बिभिन्न इलेक्ट्रिक उत्पादनको बिक्री बितरण गर्दै आएको छ।