नेपाली बजारमा झण्डै २० वर्ष अगाडि युरोपियन र मलेसियन ब्राण्डका पार्केटिङहरु भित्रिए। अहिले तिनै टेक्नोलोजी पछ्याएका दर्जनौ ब्राण्डका पार्केटिङ बजारमा पाइन्छन्।
धेरै थरीका पार्केटिङ बजारमा उपलब्ध भएतापनि अहिले भने भारतीय र चाइनिजले बजार लिएका छन्। पहिला नेपाली बजारमा चम्किएका युरोपियन र मलेसियन मुलुकका पार्केटिङ केही मात्रामा सुस्ताएका छन्।
भारतीय ब्राण्डका पार्केटिङ पनि औलामा गन्न सक्ने मात्र नेपाल भित्रिएका छन्।
अन्य तुलनामा भारतीय ब्राण्डका पार्केटिङ अल्लि महँगो पनि छ। नेपाली बजारमा भारतीय ब्राण्ड एक्सन टेसाले पनि राम्रो बजार ओगट्न सफल भएको छ। टेसा नेपाल भित्रिएको ६ वर्ष मात्र पुगेको छ।
६ वर्षको अवधिमा आफूहरुले नेपाली बजारमा आफ्नो स्थान सुरक्षित गरिसकेको एक्सन टेसाको लागि नेपालको आधिकारिक डिलर एसभी ग्यालरीले दाबी गरेको छ।
'आफ्ना घर या कार्यालयका लागि टेसा नै निकै उपयुक्त पार्केटिङ भएको दाबी गर्छन, ' मार्केटिङ एक्जुकेटिभ किसन बहादुर बिक।
उनका अनुसार बजारमा टेसाका ८ एमएम र १२ एमएम पार्केटिङ नेपाल भित्रछ। ८ एमएमको १० वर्ष र १२ एमएमको २० वर्ष वारेन्टी भएको विक बताउँछन् ।
एक्सन टेसाका पार्केटिङ किन त ?
१, (एचडीएफ) हाइ डिफेसिन्सी फाइबर बोर्ड ।
२, जर्मन टेक्ननोलोली स्टार्डन्ड अनुरुपको ।
३, काठमा भएको ग्लुकोज निकालेका कारण किरा नलाग्ने।
४, छिट्टै लगाउन र मर्मत गर्न पनि चाँडै सकिने गरी लगाइने।
५, विश्वकै सबैभन्दा राम्रो डोम टेक्लोलोजीबाट उत्पादित।
६, चुरोटको झिल्का, सलाइले पनि खासै असर नगर्ने।
७, रंग नखुइलिने।
८, वाटर प्रुफ,५० घन्टासम्म पानीले फिजे केही नहुने। चिया,कफी पोखिए पनि डर मान्न नपर्ने।
कसरी चिन्ने टेसा ब्राण्डको पार्केटिङ
टेसा ब्राण्डको पार्केटिङको पछाडिपट्टि टेसा लेखिएको हुन्छ।
बक्समा प्रिन्ट गरेर त्यसको कपी गर्न सकिएपनि पार्केटिङको पछाडिपट्टि प्रिन्ट नसकिने विक बताउँछन्।
'त्यो कम्पनीबाट नै पार्केटिङमा टेसा लेखेर आएको हुन्छ,'विकले भने, 'विक्रेताहरुले टेसा हो भनेर अरु नै ब्राण्ड किनाउन खोजे पार्केटिङको पछाडि हेर्नुहोला। टेसा ब्राण्ड चिन्ने नै यही मुख्य तरिका हो।'
जति पनि पार्केटिङ नेपालमा भित्रिएको हुन्छ, यसमा त्रिपल लेयर लकिङ्क सिस्टम हुनाले यसको पार्केटिङ पकड मजबुत बनाउँछ।