तिहारको समय भनेको मिठाईको परिकार बनाउने समय हो। हामी बजारबाट अन्य परिकारका मिठाई किनेर ल्याए पनि हाम्रो संस्कृति झल्काउने सेल रोटी र अनरसा भने प्रायजसो घरमा नै बनाउने गर्दछौँ।
अनरसा चामलको पिठोबाट बन्ने परिकार हो। यो लक्ष्मीलाई प्रसादको रूपमा चढाइनुका साथै दिदीबहिनीले आफ्ना दाजुभाइलाई भागमा समेत हाल्ने गर्दछन्।
अनरसा विशेषगरी नेवारहरूले गणेश पुजा र जात्राहरूमा प्रयोग गर्ने गर्दछन्। यो जातीय परिकार पनि हो। अन्यले भने विशेगगरी तिहारमा बनाउने गर्दछन्।
चामलको पिठो. र चिनीको मिश्रणबाट नै मिठाई बन्दछ। यसमा स्वाद अनुसारको सामान राख्न सकिन्छ। यो घरमा बनाउन सामान्यतया दुई दिनको प्रक्रिया हुन्छ। एकरात पिठो भिजाएर राख्ने। अर्को दिन पकाउने।
चामलको पीठो, चिनी र किसमिससहितको मिश्रणलाई भिजाएर एक रात राख्नुपर्छ। अर्को दिन बनाउने हो।
आवश्यक सामाग्रीः
फ्राई प्यान अथवा कराई
एक चम्चा जिराको धुलो
मिक्सचर मेसिन एउटा
४ घण्टासम्म भिजेको ४ सय ग्राम चामलको पिठो
नेपाली घ्यु एक केजी
कागतीको रस १ सय मिलिलिटर
सेतो तिल ५० ग्राम
स्वाद अनुसारको चिनी
५० ग्राम किसमिस
नरिवल २० ग्राम
माथिका सामाग्रीहरू तयार छन् भने अब हामी अनरसा बनाउन सक्छौँ।
बनाउने तरिकाः
सर्वप्रथम हावा नलाग्ने एक स्थान तय गर्नुहोस्। आवश्यक सामाग्रीका साथै उपकरणहरू व्यवस्थित गर्नुहोस्। अब किसमिससहितको भिजेको पिठोलाई कागतीको रस राखेर माड्ने।
एउटा सुख्खा भाँडोमा तिल र सुख्खा चामको पीठो राख्ने।
अब पीठोलाई हातमा राखेर आकार बनाई तिल चोपेर ग्यास सानो बनाएर घिउमा पकाउने। हल्का रातो रातो कलर देखिएपछि निकाल्ने । अब यो खान तयार भयो।
प्रस्तुतकर्ताः कुमार चालिसे, चिफ, एशोसियशन नेपाल