तिहार र छठ पर्वको मौकामा सस्तो तथा कमसल भारीय तोरीको तेल अवैधानिक रुपमा सीमा क्षेत्रमा कारोबार भइरहेको भन्दै उद्योगीहरुले बन्देज लगाउन माग गरेका छन्।
नेपाल चामल तेल दाल उद्योग संघले एक विज्ञप्ति जारी गर्दै सिमावर्ति बजारमा अत्याधिक मात्रामा अबैधानिक रुपमा कमसल खाने तेलको बिक्री वितरण भइरहेको जनाएको छ।
नेपालमा निषेधित मिश्रित तेल ल्याई उपभोक्तालाई झुक्याउने गरी तोरीको तेल भनेर बिक्री बितरण हुने गरेको संघको आरोप छ। यस्ता कार्यले अनौपचारिक र अनाधिकृत व्यापारमा प्रोत्साहित भई स्वदेशी उद्योगलाई प्रत्यक्ष असर परिरहेको संघले जनाएको छ।
सम्बन्धित निकायलाई यस्ता खाद्य तेलहरुमा नियमन गरी बिक्री बितरणमा बन्देज लगाउन संघले माग गरेको छ। साथै सर्वसाधारणलाई प्याकेजिङको साइज, मापदण्डहरु, तौल, गुणस्तर सुनिश्चित गरेर मात्रै खाने तेलको प्रयोग गर्न संघले आग्रह गरेको छ।