दसैँको बेला सबैले माछामासु खान्छन् भन्ने हुँदैन। कोही मानिसहरू शाकाहारी पनि हुन्छन्। मासु खाएर अमन भएकाले पनि फरक स्वाद लिन खोज्छन्। आफ्नै घर करेसामा भएका तरकारी टिपेर पकाउन मन छ भने आउनुहोस् हामी तपाइलाई शाकाहारी तरकारी पकाउन सिकाउँछौँ।
पकाउन लाग्ने समय २० मिनेट
२५ ग्राम दही
३० ग्राम धनियाँको धुलो
३० ग्राम सनफ्लावरको तेल
१ वटा ठूलो प्याजलाई मसिनो टुक्रा बनाउने
१ चम्चा अदुवाको टुक्रा
बिया निकालेर काटेको एउटा हरियो खुर्सानीे
१ चम्चा बेसारको धुलो
१ चम्चा गरम मसला
२ सय ५० ग्राम पहेलो मटर
तातोपानी
२ सय ५० ग्रामको ब्रो काउली –काटेको)
२५ ग्राम धनिया
माथिको सामानहरू तयार भएपछि पकाउने विधीः
दही र धनियाँलाई फ्राई प्यानमा १ मिनेटसम्म पकाउने। पाकेको बास्ना आउने बित्तिकै ग्यासबाट निकालेर एक ठाउँमा राख्ने।
एउटा ठूलो फराकिलो प्यानमा तेल तताउने र प्याज, लसुन, अदुवा र खुर्सानीलाई फ्राई गर्ने।
अघि तयार पारिएको दही र धनियाँको मिश्रणमा बेसार र गरम मसला हाली २ मिनेट फ्राई गर्ने।
त्यसमा पहेँलो मटर हाल्ने। मटर हालिसकेपछि ३ सेमी छोप्नेगरी तातोपानी हाल्ने। नछोपी बीचबीचमा हल्का चलाउँदै २० मिनेटसम्म उमाल्ने।
यदी सुख्खा देखियो भने त्यसमाथि पानी थप्ने। अब ब्रो काउली पनि त्यसैमा मिसाएर ५ देखि ८ मिनेटसम्म नगलुन्जेलसम्म पकाउने। अब तयारी भएको तातो तातो तरकारीमा धनियाँ हालेर खाने।
(यो परिकार पकाउने विधि दुई दशकदेखि क्रियाशिल सेफ कुमार चालिसेको सहायताले तयार पारिएको हो। उनी अष्ट्रेलियाको ‘टेफ एनएसडब्लु’ नामक संस्थाद्धारा ‘ट्रेनिङ एण्ड एसेसमेन्ट’ का लागि ‘सर्टिफाइड’ सेफ हुन्। त्यस्तै उनले पाकशास्त्रमा आधारित पुस्तक लेखेका छन्)