दशैँको सेरोफेरोमा सर्वसाधारणलाई इन्धको समस्या नहुने भएको छ। नेपाल आयल निगमले पेट्रोलियम डिलर्सलाई मागअनुरूपको तेल वितरण गरेको प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिएका छन्।
‘हामीले सबै पेट्रोलियम डिलर्सलाई मागे अनुसार तेल दिएका छौँ’ उनले भने, ‘यसले गर्दा चाडवाडको बेला सर्वसाधारणलाई इन्धनको समस्या हुने छैन’।
निगमकाअनुसार अष्टमी, नवमी र दशमीका दिन डीपो बन्द हुने छ। डीपो बन्द भएपनि आवश्यक परेको खण्डमा टीका कै दिन भएपनि डिपो खोलिने छ।
अष्टमी, नवमी र दशमी तिन दिन डीपो बन्द भएपनि सर्वसाधारणलाई यसको प्रभाव नपर्ने प्रवक्ता गोइतको भनाइ छ।
‘फुलपाती सम्ममा सबै पेट्रोलियम डिलर्सलाई तेल वितरण गरिसक्ने योजना बनाएका छौँ त्यसले गर्दा इन्धन अभावले सर्वसाधारणलाई आवत जावतमा कुनै समस्या पर्दैन’ उनले भने।
विगतका आधारमा हेर्ने हो भने अष्टमी, नवमी र दशमी डीपो बन्द हँुदा सर्वसाधारणलाई केही समस्या परेको थिएन। यदि समस्या परेमा डीपो खोल्न निगम तयार रहेको गोइत बताउँछन्।
त्यसैगरी, हाम्रो दैनिक उपभोग्य वस्तु तरकारीको पनि अभाव नहुने कालिमाटी फलफुल तथा तरकारी बजारका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पोखरेलले जानकारी दिएका छन्।
कार्यकारी निर्देशक पोखरेलका अनुृसार कालीमाटी तरकारी बजार बन्द हुने छैन। सर्वसाधारणलाई तरकारीको समस्या नहोस् भनेर कालिमाटी तरकारी बजार बन्द नगरेको उनी बताउँछन्।
‘दशैँको बेलामा व्यवसायी घर गएकाले आपूर्ती कम भएपनि कारोबार भने ठप्प हुँदैन बजार खुल्लै रहन्छ’ उनले भने।