गोल्छा अर्गनाइजेशनको भागिनी संस्था हिम इलेकट्रोनिक्सले दसैँ, तिहार र छठको अवसर‘खुर्क्यो कि फुर्क्यो’ योजना ल्याएको छ।
यसअन्तर्गत हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा वासिङ मेसिन लगायत होम अप्लायन्सको खरिदमा ग्राहकको हात खाली नजाने कम्पनीको भनाइ छ।
योजनमा समावेश हुनेले कुपन स्क्रयाच गरेर हिमस्टारका राइस कुकर, इलेक्ट्रिक थर्मस, इलेक्ट्रिक किट्ली, भ्याकुम क्लिनर, उफर, मिक्स्चर, ड्राइ आइरन तथा स्टिम आइरन जित्न सक्ने हिम इलेक्ट्रोनिक्सले जनाएको छ।
यो योजना सिमित अवधिका लागि मात्र उपलब्ध हुने बताइएको छ।