राजधानीको भृकुटीमण्डपमा छैठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो सुरू भएको छ।
जेम फ्लोरिङको प्रस्तुति तथा नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा भएको एक्स्पोको बिहीबार नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्घाटन गरे।
५ दिनसम्म चल्ने एक्स्पोमा ख्यातिप्राप्त नेपाली तथा अन्तर्राष्ट्रिय ब्राण्डका फर्निचरको बृहत प्रदर्शनी हुने आयोजकले जनाएको छ।
किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्यआकर्षण रहने बताइएको छ।
यसैगरि, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षणका रूपमा रहेका छन्।
एक्स्पोको अवसरमा चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लियरेन्सका साथै दशैं अफरका साथ फर्निचर तथा फर्निसिङका सामान बिक्री हुने आयोजकले जनाएको छ।
प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इण्टेरियर डिजाइनसम्बन्धी परामर्शसमेत लिन पाइनेछ। रोबटिक प्रतिस्पर्धा पनि एक्स्पोको अर्को आर्कषण हुने आयोजकको दाबी छ।
८ गतेसम्म भृकुटीमण्डपमा चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टल रहेको छ।
सबै तस्बिरहरू : निशा भण्डारी/सेतोपाटी