नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। आज राति १२ बजेबाट लागू हुने गरी सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो। भारतबाट मूल्य बढेर आएको र अमेरिकी डलरको भाउ बढ्दा घाटा बढ्दै गएको भन्दै निगमले अन्य पेट्रोलियम पदार्थको मूल्य पनि बढाएको छ।
निगमका प्रवक्त विरेन्द्र गोइतका अनुसार पेट्रोल लिटरमा १ र मट्टितेल÷डिजेलमा ३ रुपैयाँ मूल्य बढेको हो।