नेपालमा खाना पकाउने ग्यास वितरण गर्दै आएको नेपाल ग्यासले सुरक्षित तथा आधुनिक सिलिन्डर बजारमा ल्याएको छ। विष्फोट प्रतिरोधात्मक भनिएको कम्पोजिट सिलिन्डर बजारमा ल्याएको छ।
कम्पनीले उक्त सिलिन्डरको उद्घाटन आइतबार उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबबाट गराएको थियो।
सुरक्षाका दृष्टिले उपयुक्त भएको र उपभोक्ताले हेरेर ग्यासको लेवल परीक्षण गर्नसक्ने कम्पनीले जानकारी दिएको छ। फाइबरले बनेकोले यसको तौल कम हुने कम्पनीको भनाइ छ।
कम्पनीले अहिलेलाई १४.२ र ५ किलोमा सिलिन्डर बजारमा ल्याएको छ। कम्पनीका अनुसार क्रमशः ग्यास बाहेक ९ हजार २२५ र ६ हजार ९८५ रुपैयाँ मूल्या तोकिएको छ।
ग्यास अनलाइन सपिङ साइट मेरो किराना डटकमबाट पनि किन्न सकिने छ।