बेलायतको 'होम एप्लाएन्स सामुयल डाइरेक्ट’को शो रुम काठमाडौंको खुशिबुमा खुलेकाे छ। शोरुमको उद्घाटन कलाकार प्रशान्त ताम्राकारले गरेका हुन्।
सज्जा थापा र सुनील प्रधानको संयुक्त लगानीमा खुलेको उक्त शो रुममा बेलायतको ब्राण्ड सामुयल डाइरेक्टका मेमोरी फोमयुक्त म्याट्रेस, पिलो, बेड कभर लगायतका उत्पादनहरु पाइन्छ।
बजारमा पाइने मेमोरी फर्मका उत्पादनभन्दा आफूहरुले निकै कम रेटमा ब्राण्डेड सामाग्री उपलब्ध गराउने थापाको दावी छ। त्यस्तै देशका अन्य शहरमा पनि शोरुम बिस्तार गर्ने योजना रहेको उनले जानकारी दिइन।
उद्घाटन कार्यक्रममा प्रशान्त तम्रमकार, अभिनेत्री,निर्मात्री सुस्मिता बमजन, अभिनेत्रीहरु क्षितिजा शाक्य,हर्षिका श्रेष्ठ, कमली वाइवा लगायतको सहभागिता थियो।