सामसङका घरायसी सामग्रीको आधिकारीक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.द्वारा नेपाली ग्राहकहरूका लागि माइक्रोवेभ ओभन ‘कुकिङ क्लास’ आयोजना गरियो ।
उक्त कुकिङ मनकामना इलेक्ट्रोनिक्स हाउस र दिनेश टे«डिङ्ग हाउसले कुकिङसम्बन्धी तालिम दिएका छन्।
फागुन १० गते नेपालगञ्ज र फागुन १२ गते धनगढीमा आयोजना गरिएको थियो ।
सामसुङ्गको माइक्रोवेभ ओभन कुकिङ क्लासको आयोजनाको मुख्य उद्देश्य सहभागीहरूलाई सामसङ्गका विभिन्न माइक्रोवेभ ओभनको प्रयोग गर्दै विभिन्न परिकारहरू बनाउन सिकाउनु हो । यो कार्यक्रममा सामसङ्ग प्लाजाका प्रतिनिधिहरूबाटै प्रशिक्षण दिइएको थियो ।
माइक्रोवेभ ओभन कुकिङ क्लासका सहभागीहरूले सामसङ्गको माइक्रोवेभ ओभन प्रयोग गरेर पुलाऊ, मटर–पनिर, ग्रिल्ड चिकेन, पिज्जा, केक र अन्य परिकारहरू पकाउने प्रशिक्षण लिएका थिए ।