इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले आकर्षक स्वरुप भएको ‘स्ट्यान्डीङ्ग चेस्ट’ फ्रिजर बजारमा ल्याएको छ।
यो फ्रिजर २७० लिटरको क्षमतामा उपलब्ध छ। यसमार्फत अन्य चेस्ट फ्रिजरहरुमा जस्तै –१८ डिग्री सेल्सियस सम्म चिसोको प्रयोग गरी खानेकुराहरुलाई स्वच्छ र ताजा बनाउन सकिने कम्पनीले बताएको छ।
हेर्दा रेफ्रिजेरेटरजस्तै देखिने भएकाले यसको लागि धेरै ठाउँ छुट्याउनु नपर्ने तथा धेरै कन्डेस्नर युक्त खण्डहरु भएकाले अस्पताल, औषधि पसल र डेरीलाई उपयुक्त हुने कम्पनीको भनाई छ।
यसको खरिद गर्दा ३६ महिनाको वारेन्टी दिइएको कम्पनीले जनाएको छ।