सि.जी. ब्राण्डले तीन वटा नयाँ मोडलका इलेक्ट्रीक वाटर हिटरहरु ल्याएको छ। यी इलेक्ट्रीक हिटरहरु १०, १५ र २५ लिटरमा उपलब्ध छन्।
यी हिटरहरुमा लिकेज सर्किट ब्रेकर’ मूख्य विशेषताका रुपमा रहेको छ। यसले करेन्ट लाग्न र लिकेज हुनबाट जोगाउने कम्पनीले दाबी गरेको छ।
यसमा उच्च गुणस्तरको हिटिङ तत्व राखिएकाले अधिकतम आयु र न्यूनतम शक्ति खपत गर्ने छ। यसलाई ७५ डिग्री सेल्सियस तापक्रम सम्म बढाउन सकिने कम्पनीको दावी छ। अधिकतम तापक्रमबाट हुने क्षतिलाई पनि रोक्ने विशेषता यसमा रहेको छ।
यसको ट्याङकीमा ५ वर्षको वारेण्टी दिइएको कम्पनीले उल्लेख गरेको छ।