इक्रा नेपालमा रोजगारीको अवसर खुलेको छ।
कम्पनीले केही संख्यामा रिसर्च एनालिस्ट र एक जना इन्टरनल कन्ट्रोल अफिसर माग गरेको हो।
रिसर्च एनालिस्ट पदमा आवेदन दिने इच्छुकले व्यवस्थापन/लेखा/वित्त वा अर्थशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनु पर्नेछ।
इक्विटी अनुसन्धान, मूल्यांकन, प्रक्षेपण मोडेलिङ र सम्बन्धित क्षेत्रहरूमा एक वर्षको अनुभव भएकोलाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।
आवेदकको उमेर २८ वर्षभन्दा कम हुनु पर्नेछ।
यस्तै, इन्टरनल कन्ट्रोल अफिसरले व्यवस्थापन/लेखा/वित्त वा अर्थशास्त्रमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ।
आन्तरिक नियन्त्रण कार्यहरूमा एक वर्षको अनुभव भएकोलाई प्राथमिकता दिइन्छ।
आवेदकको उमेर २५ वर्षभन्दा कम हुनु पर्नेछ।
इच्छुकले असार १ गतेसम्म आवेदन दिन सक्नेछन्।