युद्ध चलिरहेको इजरायलमा सरकारले चालु आर्थिक वर्षको वैशाखसम्म पाँच सय ९ जना नेपाली श्रमिकहरू केयरगिभरका लागि पठाएको छ।
सुरक्षा चुनौतीका बाबजुद पनि सरकारले नेपालीहरू पठाउँदा चौतर्फी प्रश्न उठिरहेको छ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराई इजरायलमा सोचेभन्दा राम्रो सुरक्षा व्यवस्था रहेको बताउँछन्।
इजरायलमा राम्रो सुरक्षा व्यवस्था रहेका कारण पनि त्यहाँको अवसरबाट बञ्चित गर्न नहुने उनको भनाइ छ।
'इजरायलको सुरक्षा व्यवस्था निकै राम्रो छ। घर भित्रको काममा असुरक्षा छैन,' उनले भने।