सपोर्ट लघुवित्तमा रोजगारीको अवसर खुलेको छ।
लघुवित्तले सुपरभाइजर १ जना, वरिष्ठ सहायक (आइटी) २ जना र केही संख्यामा कनिष्ठ सहायक पदको लागि रोजगारीको अवसर खुलाएको हो।
उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा पाँच वर्ष थप हुनेछ।
इच्छुकले जेठ ६ गतेसम्म आवेदन दिन सक्नेछन्।
