नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा रोजगारीको अवसर खुलेको छ।
हस्पिटलले बायोमेडिकल इन्जिनियर र ल्याब टेक्निसियन पदमा कर्मचारी माग गरेको हो।
बायोमेडिकल इन्जिनियरमा आवेदन दिने इच्छुकले बायोमेडिकल इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
यस्तै, ल्याब टेक्निसियनमा आवेदन दिने इच्छुकले मेडिकल ल्याब टेक्नोलोजीमा डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्नेछ भने नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएको हुनु पर्नेछ।
सम्बन्धित कामको कार्यानुभव भएकालाई प्राथमिकता दिइने हस्पिटलको भनाइ छ।
इच्छुकले वैशाख २० गतेसम्म आवेदन दिन सक्नेछन्।