सोल्टी होटलमा रोजगारीको अवसर खुलेको छ।
कम्पनीले एक जना प्रबन्धक (म्यानेजर–अन्तर्राष्ट्रिय जनसम्पर्क) माग गरेको हो।
आवेदकले पर्यटन वा सम्बन्धित क्षेत्रमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने पिएचडी गरेकालाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।
यस्तै, अंग्रेजी, चिनियाँ, जर्मन र अन्य युरोपेली भाषाहरूमा दक्षता हासिल गरेको हुनुपर्नेछ साथै उनीहरूसँग इतिहास, संस्कृति र सामाजिक–आर्थिक प्रवृत्तिहरूको ज्ञान भएको हुनु पर्नेछ।
साथै, अन्तर्राष्ट्रिय पर्यटन व्यवस्थापनमा २०–३० वर्षको अनुभव भएको हुनुपर्नेछ।
तलब कम्पनीका सुविधाहरू सहित १ लाखदेखि १ लाख ७५ हजार रूपैयाँसम्म तोकिएको छ।
इच्छुकले १५ दिनभित्र [email protected] मा इमेल गर्न सक्नेछन्।